मालपोत अधिकृत कुँवर घुससहित अख्तियारकाे फन्दामा

रिपोर्ट नेपाल | 2019 Aug 21 | 11:23 am 2245

कास्की, भदाै ४: मंगलबार मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवरलाई घुससहित अख्तियारकाे टाेलीले पक्राउ गरेकाे छ ।

रजिष्ट्रेशन पास गर्न प्रमाणसहित  कागजात पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

कुँवरलाई सेवाग्राहीसँग ५९ हजार रुपैयाँ काम गरे वापतको घुस रकम लिइसकेको अवस्थामा पोखरा महानगरपालिका–७ मुस्ताङ्ग चोक नजिकैबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

पक्राउ परेका मालपाेत अधिकृत कुँवरलाई थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.