मापदण्ड पूरा नगरेर भन्दै रुपन्देहीका ३ मिनरल वाटर उद्योगमा शीलबन्दी

रिपोर्ट नेपाल | 2018 Sep 04 | 07:51 pm 2237

बुटवल, भदौ १९ : मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन गरिरहेका रुपन्देहीका तीनवटा मिनरल वाटर उद्योग ‘शील’ गरिएको छ ।

यसअघि भएको अनुगमनमा ६ महिनाभित्र मापदण्ड पूरा गरेर मात्र पानी उत्पादन तथा बिक्री वितरण गर्ने शर्तमा सञ्चालन भएका उद्योगहरुले मापदण्डलाई बेवास्ता गरेको पाइएपछि मंगलबार शील गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपभोक्ता मञ्च नेपालका प्रतिनिधिले मंगलबार मिनरल वाटर उत्पादन गर्ने उद्योगहरुको अनुगमन गर्दा भैरहवाको रिद्धिसिद्धि वाटर इण्डस्ट्रिज ,रोहिणी गाउँपालिका २ को हिमालयन रोज ड्रिङ्किङ वाटर र सोही गाउँपालिका ३ को आरएनजे वाटर इण्डस्ट्रिजले मापदण्ड पूरा नगरेको पाइएको हो ।

प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ अनुसार बोतल पानी उत्पादन गर्ने उद्योगहरुले पानी उत्पादन स्वचालित मेसिनमार्फत मात्रै गर्नुपर्ने प्रावधान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.