सुनसरी, माघ १ : राम्रो काम लगाईदिन्छु भनि बिभिन्न प्रलोभन देखाई नेपाली बालिकालाई झुक्याएर भारतको नयांदिल्ली स्थित जिबिरोडको बेश्यालयमा लैजाने एक तस्करीलाई प्रहीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान नगरपालिका वडा नम्बर–१७ का बर्ष ३१ को (चोङ हाङ राई) भन्ने सन्तोष राईलाई हिजो सोमबार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुनसरी धरान नगरपालिका–१७ स्थित धनकुटे रोडबाट पक्राउ गरेको छ ।
अभियुक्तलाई थप कारबाहीको लागि ईलाका प्रहरी कार्यालय धरान सुनसरीमा बुझाईएको छ । अभियुक्तले बिभिन्न बहानामा नेपालको बोर्डर पास गरि भारतीय बेश्यालयमा पुर्याई नेपाली ६ लाख रुपैंया सम्म बेच्ने गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।