- महेश सिंह
सिरहा, असार १३ सिरहाको नबराजपुर गाउँपालिका वडा नम्बर २ मझौरा गाउँमा आज भन्दा १८ दिन अगाडी भएको घटनाको छानविन गर्न नेपाल मानव अधिकार संगठनका टोली पीडित राम औंतार महतोको घर पुगेका छन् ।

उक्त ठाउँमा शंकास्पद अवस्थामा स्थानीय १६ वर्षीय युवती अनिता कुमारी महतोको मृत्यु भएको थियो ।
सो घटनाको अनुगमन गर्न नेपाल मानव अधिकार संगठ सिरहाको संयोजक चन्द्रनारायण कुशवाहा र क्षेत्रीय अध्यक्ष बिजय कुमार महतो, मन्जु चौधरी, प्रतिभा चौधरी, ,संतोशि बिश्वक्रमा, महेश सिंह लगायत ६ जना मानव अधिकार कर्मीहरु मृतक अनिता कुमारी महतोको घटना स्थल पुगेका थिए ।
युवतीको शव स्थानीय लक्ष्मी कामैतको आंपको बगैंचामा झुन्डिएको अवस्थामा फेला परेको थियो । उनको बुबाका भनाई अनुसार छोरी अनितालाई कसैले हत्या गरेर झुन्डियाई दिएको मानव अधिकारकर्मि समक्ष बताएका छ्न्।
मानव अधिकारकर्मीको अनुगमन पश्चात् उक्त घटनाको बारेमा टुङ्गो लाग्ने र पीडित पक्षले न्याय पाउने बुझिएको छ ।