मादी खोला किनारमा भेटियो महिलाको शव फेला

रिपोर्ट नेपाल | 2018 Oct 24 | 12:20 pm 3869

दमौली, कार्तिक ७: तनहुँको दमौलीस्थित मादी नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन्।

व्यास नगरपालिका–३ शान्ति नगरको भिरमुनी मादी नदी किनारमा भारत सीतामणि घर भई हाल व्यास नगरपालिका–२ बस्ने ४० वर्षीया अब्दुल मिया मृतावस्थामा फेला परेकी हुन् ।

मङ्गलबार बिहान मर्निङवाकमा निस्किएकी मिया बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । शान्तिनगरको भिर नजिकै लठ्ठी र चप्पल फेला परेपछि प्रहरीले मियाको खोजी गरेको थियो ।

मृतक मिया प्यारालाइसिसकी बिरामीसमेत रहेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.