मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमतीकाे मृत्यु

| 2021 Mar 28 | 05:17 pm 1705

कास्की, चैत १५ः श्रीमान्को कुटपिटबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा -२६ बराल डाँडाकी ४० वर्षीया देवी जिसी बिक रहेकी छन् ।

उनलाई शनिबार दिउसो ४९ वर्षीय श्रीमान् देव बहादुर बिकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएकी बिकको आइतबार उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

देव बहादुरले  टाउको र खुट्टामा कुटपिट गर्दा गम्भीर घाइते भएकी बिकलाई पोखराका विभिन्न अस्पतालमा उपचार गरी पुनः घरमानै लगी राखेको र आइतबार अचेत भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

घटनापश्चात् प्रहरीले मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.