काठमाडौं, असार १२ । भारतमा पाइलट बन्ने मध्येबाट सबैभन्दा कम उमेरमा साक्षी जावट व्यवसायिक पाइलट बनेकी छिन् । उनी जम्मा १८ वर्षको उमेरमा व्यवसायिक पाइलट बनेकी हुन् ।
भारतको हिमाचल प्रदेशमा जन्मिएकी साक्षीले जम्मा ७ महिनामा अमेरिकाबाट व्यवसायिक पाइलटको लाइसन्स निकाल्न सफल भएकी हुन् । उनी सम्पूर्ण भारतीयहरूमाझ आफूलाई चिनाउनुका साथै आश्चर्यमा पारेको भारतीय सञ्चारमाध्यमहरूले जनाइरहेका छन् ।
(एजेन्सी)