मातृत्व कृतत्व नेतृत्व भन्ने मुल नाराका साथ राष्ट्र सेविका नेपालद्वारा प्रवचन

रिपोर्ट नेपाल | 2024 Feb 14 | 09:27 am 877

बिरगंज, फागुन २। मातृत्व कृतत्व नेतृत्व भन्ने मुल नाराका साथ राष्ट्र सेविका नेपालले नयाँ पुस्ता निर्माणमा हाम्रो भुमिका बिषयमा आज जैन धर्मशालामा हिन्दु धर्म साध्वी एवम प्रमुख वक्ता माता लक्ष्मी ज्युले विभिन्न कलेजका विद्यार्थीहरुलाई प्रवचन दिनुभएको छ।

उनलेे भने अब आउने पुस्ताले कस्तो खालको ज्ञान आर्जन गर्नुपर्छ भन्ने बारेमा आफ्नो बाणीमा प्रस्तुत गर्नुभएको थियो । सहभागी विद्यार्थीहरुलाई अब आफ्नो शिक्षा आफ्नो धर्म संस्कृति कसरी जोगाउने भन्ने बारेमा जानकारी गराइएको हो ।

अहिले आफ्नो शिक्षा संगसंगै धर्म संस्कृति बारेमा ध्यान गर्न जरुरी रहेको बताए । हामी आफ्नो धर्म संस्कृतिको बारेमा आफ्नो पुर्खाहरुले आर्जेको सम्पत्ति जस्तै भएकोले आज हामी सबै मिलेर लाग्न आवश्यक रहेको प्रमुख वक्ता लक्ष्मी माताले बताएकी छिन् ।

बीरगंज भित्र रहेका विभिन्न कलेज तथा बिधालयका करिब ७०० सय भन्दा बढी विद्यार्थीहरुको सहभागी रहेको राष्ट्र सेविका नेपालका सामाजिक कार्यकर्ता प्रिया खड्कीले जानकारी दिएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.