माटोको ढिस्को खस्दा राेल्पामा एकै घरका दुई बालकको मृत्यु

रिपोर्ट नेपाल | 2022 Jun 12 | 02:06 pm 2341

रोल्पा, जेठ २९ः  माटोको ढिस्को खस्दा  राेल्पामा एकै घरका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्का रहेका छन् ।

उनीहरूकाे माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.