माटोको ढिस्कोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

रिपोर्ट नेपाल | 2018 Sep 29 | 04:27 pm 1735

दाङ, असोज १३: घरनजिकै माटो खन्न गएका दाङको राप्ती गाउँपालिका ४ का एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन्। माटो खन्नेक्रममा शनिबार दिउसो माटोको ढिस्कोले पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा ३५ वर्षीय लीना चौधरी, ३० वर्षीया श्यामकुमारी चौधरी र १२ वर्षकी रेजिना चौधरी छन्। लीना र श्यामकुमारी नन्द-भाउजु हुन्। १२ वर्षीया रेजिना लीनाकी जेठानीकी छोरी हुन्।

माटो खन्दै गर्दा माथिबाट आएको ढिस्कोले पुरिएर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए। घर्तीका अनुसार घटना शनिबार दिउसो १ बजेको हो।

मृतकहरूलाई पोस्ट मार्टमका लागि दाङको लमही अस्पताल लगिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.