माछा मार्न जाँदा ज्यान गयो

रिपोर्ट नेपाल | 2018 Oct 26 | 08:26 am 4422

बाजुरा, कात्तिक ९ :  जाल हानेर माछा मार्ने क्रममा बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाका २६ वर्षीय बिक्रम नाथको खोलामा चिप्लिएर मृत्यु भएको प्रहरीले जानारी दिएको छ ।

बिहीबार दिउँसो अन्दाजी ४ बजेतिर घरबाट माछा मार्न जाने भनेर हिँडेको रातिसम्म पनि नफर्केपछि आफन्तहरुले खोज्दै जाँदा ढुङ्गाबाट चिप्लिएर अर्को ढुङ्गामा पछारिएर मृत्यु भएको अवस्थामा फेला पारिएको बुझिएको छ ।

उनले बूढीनन्दा नगरपालिकाको पाण्डुशैनमा रहेको पिसक्रेटर एकेडेमीमा विगत पाँच वर्षदेखि अध्यापन गराउँदै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.