माओवादी द्वन्द्वकालमा गाडेको बम र बन्दुक भेटिए

रिपोर्ट नेपाल | 2018 Jul 09 | 08:14 am 5058

गुल्मी असार २५: साविकको अर्खाबाङ गाविसमा बेवारिसे अवस्थामा गाडेको सकेट बम र बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मालिका गाँउपालिका वडा नं ४ मा पानीको पाईप लाईन बिच्छाउनका लागि खन्‍ने क्रममा ती हतियार फेला परेको स्थानीयले जनाएका छन्। फरक दुई स्थानमा कम्ब्यागले बेरेर गाडेको अवस्थामा १ थान बन्दुक सहित तीन थान सकेट बम भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अनुरागकुमार द्धिवेदीले बताए।

बम र बन्दुक भेट्नासाथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए। भेटिएका हतियार द्वन्द्वकालमा गाडिएको हुन सक्ने अनुमान लगाईएको छ। बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले निश्कृय पारेको थियो । तत्कालीन युद्धरत माओवादीका कार्यकर्ताले अन्यत्र पनि गाडेको हुन सक्ने अनुमान स्थानीयको रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.