माओवादी केन्द्रले विप्लब र वैद्यसँग ‘जनयुद्ध’ दिवसमा पार्टीको आठौँ महाधिवेशन गर्ने

| 2018 Dec 16 | 06:53 pm 1839

काठमाडौँ, पुस १ :  नेकपा (माओवादी केन्द्र) ले मङ्सिर २८ र २९ गते राजधानीमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सो पार्टीले आगामी फागुन १ गते ‘जनयुद्ध’ दिवसका अवसरमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गर्ने जानकारी दिइयो । माघभित्र आठौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरिनेछ ।

पार्टी अध्यक्ष गोपाल किराँतीले ‘जनयुद्ध’को बाँकी कार्यभार पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए । अध्यक्ष किराँतीले विप्लब र वैद्य माओवादीसँग आठौँ महाधिवेशनपछि पार्टी एकता गरिने स्पष्ट पारे ।

आठौं महाधिवेशनको बारेमा जानकारी दिदै अध्यक्ष किराँतीले प्रचण्डले जनयुद्धको कार्यभार र दायित्व भुलेकोले डाँका नै भन्न बाध्य भएको बताए । ‘जनयुद्धको कार्यभार र आफ्नो दायित्वलाई भुलेर क्रान्तिको कार्यभार अधुरो छोडेर धोका दिनुभयो, प्रचण्डलाई त हामीले डाँकानै भन्न बाध्य भयौं । उहाँ धोकेवाज बन्नुभयो,’ किराँतीले थपे ।

प्रचण्डभन्दा गृहन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रवादी नेता भएको दावी गर्दै किराँतील बादललाई जनबिद्रोमा आउनको लागि आग्रह गरिसकेको जानकारी दिए ।

‘अझैपनि जनताका अधिकार स्थापित भएका छैनन्, तपाईलाई हामी नेता स्वीकार्न तयार छौं, तपाईलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर वर्तमान सरकारलाई सडकबाटै ढाल्न तयार छौं, तपाई जत्तिको राष्ट्रभक्ति नेता र युद्धको कुसल कमाण्डर इमान्दर सिपाही यस्तो नालायक सरकारमा बस्न सुहाउँदैन भनेका छौं,’ किराँतीले प्रष्ट पारे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.