माओवादीद्वारा एक बसमा आगजनी

रिपोर्ट नेपाल | 2018 Aug 14 | 01:09 pm 1832

मकवानपुर, साउन २९: नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपा माओवादीको बन्दका कारण छिटफूट घट्ना बाहेक यो समाचार तयार पार्दा सम्म कुनै अप्रिय घट्ना भएका छैनन् ।

प्राप्त समाचार अनुसार बन्दका क्रममा मकवानपुरको थाहा नगरपालिका ११ देउरालीस्थित त्रिभुवन राजपथमा मंगलबार वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको नाअ प स ४५ नम्बरको महेन्द्र कम्पनीको अनटेष्ट बसमा अपरीचित ब्यक्तिहरुले आगजनी गर्दा बस पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगजनी भएपछि घट्ना स्थलमा पुगेको प्रहरीले आगजनी गर्ने समूहको खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.