माइती प्रकोपमा पर्दा चन्द्रा थुलुङलाई दुख्यो

रिपोर्ट नेपाल | 2019 Jul 29 | 12:58 pm 2645

काठमाडौं, साउन १३:  गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लिम्पेकमा भएको धनजनको क्षति प्रति दुःख व्यक्त गर्दै श्रीमती चन्द्रा थुलुङले ५ हजार ५ सय १ रुपैयाँ सहयोग गरेकी छन् ।

रुरु गाउँपालिका वडा नम्बर २ ग्वादी निवासी बाबु चेतबहादुर रेगामी र आमा लाली थापा रेगामीको कोखबाट जन्मीएकी चन्द्रा साच्चीकै दिलदार र कसैको दुःखमा बैशाखी बन्ने दानवीर महिला हुन् ।

माइतीलाई दुःख पर्दा आफूलाई दुख्नु स्वभाविक ठान्ने थुलुङले यस्तो विपत्ती आफ्नो सत्रुलाई पनि नपरोस भन्दै कामना गरेकी छिन् । रिपोर्ट नेपाल डटकमले आफ्नो सामाजिक दायित्व अनुसार सहयोगका लागि आग्रह गरेपछि काठमाडौंको चावहिलमा व्यवसाय गर्दै आएकी थुलुङले सहयोग गरेकी हुन् ।

आज अरुलाई पर्दा थाहा नपाए झै गर्ने भोली त्यस्तो घटना आफूमाथि पनि आइपर्ने सोच्न थुलुङको आग्रह छ । दानवीर चन्द्रा थुलुङको आगामी दिन अझ सुखमय बन्दै उत्तरोत्तर प्रगति होस हाम्रो शुभकामना ।

विपत्तीका समयमा सहयोग गर्न चाहाने दानवीरलाई रिपोर्ट नेपालको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा नयाँ बोनेश्वरमा रहेको चल्ती हिसाब नम्बर १४२०००४८५४०१ मा जम्मा गरेको भैचर वा नगदका साथै पारिवारीक पृष्ठभूमि उपलब्ध गराइदिन चन्द्राले आग्रह गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.