माइतीघरमा बृहत प्रदर्शन (फोटो फिचर)

| 2018 Jul 17 | 01:43 pm 1752

काठमाडौं, साउन १: डा गोविन्द केसीका माग सम्बोधन गर्नुपर्ने तथा शिक्षा र स्वास्‍थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण रोक्नुपर्ने माग राख्दै बृहत जुलुस प्रदर्शन भइरहेको छ।

नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टीले म‌ंगलबार दिउँसो एक बजेबाट प्रदर्शन गरिरहेका छन्। जुलुस पर्दशनमा विभिन्‍न क्याम्पसका नेविस‌ंघका नेता तथा कार्यकर्ताको बृहत सहभागिता रहेको छ। जुलुस प्रदर्शन बानेश्वर पुगेर सभामा परिणत हुनेछ।

नयाँ शक्ति पार्टीले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारीकरण रोक्नुपर्ने, काठमाडौंमा ढल निकासको व्यवस्थापन गर्नुपर्ने र सरकारको स्वेच्छाचारिता रोक्नुपर्ने माग राख्दै प्रदर्शन गरिरहेको छ। सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा लगाएको लगामा विरुद्ध प्रदर्शन भएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.