माइक्रोबसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

| 2019 Apr 23 | 01:26 pm 2523

तनहुँ, वैशाख १०: तनहुँको दमौलीमा मंगलबार माइक्रोबसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट काठमाडौका लागि छुटेको ग १ य ४८५ नम्बरको माइक्रो बसले भित्री खण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग १३ प ९१८१ नम्बरको स्कुटरलाई ब्यास नगरपालिका–४ शहीदगेट नजिक ठक्कर दिएको थियो । उक्त ठक्करबाट गम्भीर घाइते भएका शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । साथै माइक्रोसहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.