काठमाडौं, भदौ ३ : महोत्तरीको बर्दीवास नगरपालिका-३ को कालापानीमा बसले मोटरसाइकललार्इ ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ।
आइतबार बिहान ना ३ ख १९९९ नम्बरको बसले ना ज ११ प ५५४५ नम्बरको मोटरसाइकलार्इ ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ।
घटनाको विषयमा बस चालकलार्इ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।