महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट

| 2023 May 30 | 03:54 pm 1377

महोत्तरी, जेठ १६ः महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको एनएमबी बैंकको शाखामा मंगलबार अज्ञात समूहले लुटपाट गरेको छ। महोत्तरी गाउँपालिकाको वडा नम्बर २ मा रहेको सो बैंकमा हतियारसहित पुगेका चार जनाको समूहले ग्राहकलाई थर्काउँदै कर्मचारीलाई नियन्त्रण लिएर ३५ लाख बढी रकम लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा अज्ञात समूहले ३५ लाख भन्दा बढीको रकम बैंकबाट लुटेर भागेको छ। दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले कर्मचारीलाई हतियार देखाउँदै लुटपाट गरेर भागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

मास्क लगाएर बैंक प्रवेश गरेका उनीहरुले लुटपाट गर्दै दुई तिर भागेको जनाइएको छ। प्रहरी उपरीक्षक मल्लले सर्च अभियान सुरु गरिसकिएको र थप जानकारी पछि दिने बताए। सिसिटिभी हेरेर लुटेराको पहिचान गर्ने काम समेत भइरहेको जनाइएको छ। साभार गाेरखापत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.