महेश र संगिताद्वारा गर्भवती महिलालाई पौष्टिक सामाग्री वितरण

रिपोर्ट नेपाल | 2021 Mar 23 | 11:56 am 2825

  • महेश सिंह

सिरहा, चैत १०ः मस जाेडीद्वारा गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गरेका छन्। नेपाली काङ्ग्रेसका महासमिति सदस्य महेश चौधरी र महिला संघकी केन्द्रीय सदस्य संगिता कार्माचार्यले २१ जना गर्भवती महिलाहरुलाई पौष्टिक आहारका सामग्री वितरण गरेका छन् ।

No description available.

लहान नगरपालिका १५ का वडा अध्यक्ष तेज नारायण चौधरीको रोहवरमा सामग्री वितरण गरेका हुन्। सम्बन्धित वडाका महिला निर्वाचित जन प्रतिनिधि राम कुमारी दास लगायत समाजका अन्य ब्यक्तिहरु वितरण कार्यक्रममा सहभागीता रहेका थिए।

समाजसेवी चौधरी र कर्माचार्यकी अनुसार अहिलेको बालबालिका भोलिको लागि हाम्रो देशको कर्णधार हुन्। गर्भ भित्र रहेको बच्चा अपाङ्ग कुपोशित नहोस भने उद्देश्य उक्त सामग्री वितरण गरेका हुन्।

No description available.

राहत पाउँदा स्थानीय खुशी हुँदै सहयोगी चौधरी र कार्माचार्यलाई धन्यवाद दिएका थिए ।

लहान १५ का मेनहर्वा, सोभापुर, लगराहा, बिरनगर, मोहनपुर लगायतका जम्मा २१ जना महिलाहरुलाई पौष्टिक आहार वितरण गरेका छन् ।

राहत सामग्रीमा चामल १० किलो, दाल १ किलो, नुन १ पोका, चना १ किलो, चिनी १ किलो र खाने तेल १ पोका वितरण गरेका हुन् ।

उक्त सामाग्री एपोलो ॐ सेकेन्डी स्कुल लहानले सामाग्री उपलब्ध गराएका हुन् । पछिल्लो समय उनले सोही वडामा ४ पल्ट राहत वितरण गरीसकेका छन् ।

स्थानीय सरकार गरीब र असहाय जनताप्रति निर्दयी भएको स्थानीय एक पीडितले गुनासो गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.