गुल्मी, असोज ११ । रेसुङ्गा नगरपालिका वडा नं. १ मा रहेको महेन्द्र नमूना व्यवसायीक माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीको पाँचाै साधारण सभा एवं दोस्रो अधिवेशन हुने भएको छ । २००९ सालमा स्थापना भएको यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीको छाता संगठन महेन्द्र पूर्व विद्यार्थी मञ्चको अधिवेशन असोज १२ गते शुक्रबार विहान साढे ११ बजे देखि शुरु हुने मञ्चका अध्यक्ष रामचन्द्र पन्थीले जनाएका छन् ।
विद्यालयको संस्थापक प्रधानाध्यापक प्रेम बहादुर थापा रहेका थिए । तत्कालिन भारतीय सेनामा रहेका थापाले सेनामा अनपढलाई गरेको दुर्व्यवहार देखेर सेनाको जागिर छाडेर तमघासमा विद्यालय स्थापना गरेका थिए । महनेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गरेका हजाराैं विद्यार्थी देश विदेशको उच्च ओहोदामा पुगिसकेका र त्यसको निरन्तरता जारी छ ।
विद्यालयको इतिहासलाई जिवन्त राख्न र पूर्व विद्यार्थी वीचको भाइचारालाई कायम राख्न मञ्चले उल्लेख्य भूमिका निर्वाह गरेको छ । मञ्चको स्थापना पछि वर्षाै सम्म सम्पर्क विहीन भएका मित्रजनलाई भेट गराउन कोशेढुङ्गा सावित भएको छ । अधिवेशन महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा हुने पनि अध्यक्ष रामप्रसाद पन्थीले जनाएका छन् ।