महेन्द्रनगरबाट काँकडभित्ताका लागि छुटेको बस नवलपरासीमा दुर्घटना

रिपोर्ट नेपाल | 2018 Nov 21 | 08:26 am 1600

नवलपरासी, मंसिर ५: महेन्द्रनगरबाट काँकडभित्ताका लागि छुटेको बस नवलपरासीमा दुर्घटना भएको छ। दुर्घटनामा दुर्इ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।

ना ५ ख १०९६ नम्बरको यात्रुबस नवलपरासीको बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका १३ सुर्यबस्तीमा मंगलबार राति २ बजे दुर्घटना भएको हो।

दुर्घटनामा ज्‍यान गुमाउनेमा बसमा सवार श्री रण सादल गण गाइघाट उदयपुरमा कार्यरत नेपाली सेनाका जवान अन्दाजी ३५ बर्षिय लोकेन्द्र बहादुर कार्की छन भने १ जानको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ३९ जनाको नवलपरासी र बुटवलमा उपचार भइरहेको छ। बस सडकबाट करिब ६० मिटर तल खोलामा खसेको थियो। दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.