महिला हिंसा र भ्रष्टाचारका घटना सरकारविरुद्धकै षड्यन्त्र भएकाे जस्तो देखियो : प्रचण्ड

| 2018 Sep 13 | 06:53 pm 2231

काठमाडौं, भदौ २८ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला हिंसाका घटना सरकारविरुद्धकै षड्यन्त्रको रुपमा देखिएको बताएका छन् । महिला हिंसा, भष्टाचार र कालोबजारीका घटना नियोजित रुपमा नै आइरहेको भन्दै प्रचण्डले यस्ता घटना सरकारविरुद्धको षड्यन्त्रकै रुपमा आउन खोजेको बताएका हुन् ।

उनले समाजमा अराजकता बढेकाे चिन्ता समेत व्यक्त गरे । उनले भने, ‘एकातिर सरकार दुई तिहाइ बहुमतको छ । सरकार कम्युनिस्टको नेतृत्व छ । अर्कोतिर समाजमा दिनदिनै विचलन देखिन्छ । विकृतिहरु अझ बढेका हुन् कि भन्या झैँ गरी देखिन्छ ।’

नियोजित रुप महिला हिंसाका घटनाहरु भ्रष्टाचारका घटनाहरु, कालोबजारियाहरु नियोजित रुपले नै अगाडि आउन खोजेका हुन् कि भन्ने शंका समेत गरे । ‘सरकारका विरुद्ध षडयन्त्रका रुपमा आउन खोज्या हुन कि भन्या जस्तो गरी देखिन्छ’ अध्यक्ष प्रचण्डले प्रश्न गरे ‘समाज नै विस्तारै निराशा र अराजकतातिर जान खोजेको त होइन कतै ?’

अध्यक्ष प्रचण्डले धन कमाएर वा धेरै पढेर मात्रै मन आनन्दित नहुने भन्दै समाजका गलत तत्व र आर्दशका विरुद्ध लाग्नसमेत युवाहरुलाई आहृवान गरे । अध्यक्ष प्रचण्डले समाजलाई निरन्तरतामा मात्रै चलाउन नहुने भन्दै त्यसमा क्रमभंगता खोज्नुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.