महिला संघ पर्वतद्वार बिपन्न महिलालाई खाधान्न बितरण

रिपोर्ट नेपाल | 2020 Apr 24 | 09:20 pm 3109

पर्वत, बैशाख १२ः नेपाल महिला संघ पर्वतले काेराेना महामारिका कारण दैनिकी चलाउन समस्यामा परेका असहाय, एकल, मजदुर एवम् बिपन्न महिलाहरुलाई राहात स्वरुप खाधान्न बितरण गरेकाे छ।

कुस्मा नगरपालिका वाड २ काे वाड कार्यलयसंग समन्वय गरी वडा अध्यक्ष यदु बास्ताेला, वडा सदस्य तथा नेपाली कांग्रेस खुर्काेटका वडा सभापति कालीभक्त पाैडेल, हिमालय माविका नेविसंघ सभापति विवेकक गिरी समेतकाे उपस्थितिमा असहाय, एकल, मजदुर एवम् बिपन्न महिलाहरूलाई राहत स्वरूप खाद्यान्न बितरण गरीएकाे महिला संघ पर्वतकी कार्यवाहक अध्यक्ष मुना शर्मा लामीछानेले बताइन् ।

महिला संघ पर्वतले यस अघि पनि बिभिन्न संस्थाहरुकाे सहयाेगमा राहत बितरण गरिराखेकाे कार्यवाहक अध्यक्ष शर्माले बताइन् । उनले हामी समस्या परेका महिलाहरुलाई हातमुख जाेर्न सहज हाेस र केही हदसम्म भए पनि एकल, असहाय, मजदुर र बिपन्न महिलाकाे सहारा बन्न सकियाेस भनेर खाधान्न बितरणमा जुटेकाे समेत बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.