महिला–बालबालिका हराउने क्रम बढ्दो

रिपोर्ट नेपाल | 2018 Aug 12 | 05:57 pm 1482

नेपालगञ्ज, साउन  २७ :  बाँके जिल्लाको नेपाल—भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुुक जाने महिला तथा बालबालिकाको संख्या वर्षेनी बढ्दै गएको छ ।

भारत र खाडीमुलुक गएर हराएका प्रदेश ५, ७ र कर्णाली प्रदेश अन्तर्गत विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनका चाँङले यसको चित्रण गरेको हो ।

यहाँको माइती नेपालमा आफन्तको खोजीका लागि निवेदन दिनेको संख्या विगत १६ वर्षको अवधिमा करीब पाँच हजार पुगेको उल्लेख छ । विगत छ महिनाको अवधिमा ३०० भन्दा बढीले आफन्त हराएको निवेदन दिएका छन् ।

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौन शोषण भएको पाइएको छ । ‘बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाका मुख्य समस्या गरिबी नै हुनसक्ने संयोजक कोइरालाको भनाइ छ ।

केही दिनअघि मात्र दिल्ली पु¥याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्दार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो । त्यसअघि पनि तीन महिलाको उद्धार दिल्लीबाटै भएको थियो ।

कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडीमलुक र केही भारतमा हराएका जानकारी दिँदै संयोजक कोइराला विगतका वर्षभन्दा यसवर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार संख्यासमेत बढेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.