महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोट : नेपालले भुटानलाई तीन विकेटले हरायो

| 2023 Sep 03 | 11:45 am 2009

काठमाडाैं, भदाै १७ । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले हराएको छ । नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । यसका साथ नेपाल समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।

पहिले ब्याटिङ्ग गरेको भुटानले नेपाललाई  ४० रनको लक्ष्य दिएको थियो । यो लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाउँदै भेटाएको हो । नेपालका कप्तान रुविना क्षेत्री १२ रनमा अविजित रहिन् । कविता जोशी ९ रनमा आउट भइन् । सीता रानामगरले ८ तथा पूजा महतोले बलमा ३ रन जोडिन् ।

भुटानका कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका पूजा महतोले ३ तथा कविता कुँवर, खुसी डङ्गोल र कप्तान रुविना क्षेत्रीले समान एकःएक विकेट लिए । नेपालले अर्को खेल भोलि कतारसँग र समूह चरणको अन्तिम खेल १९ गते यूएईसँग खेल्ने तालिका रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.