महिला कन्डम: यस्ता छन् विश्व कीर्तिमान

रिपोर्ट नेपाल | 2018 Dec 09 | 12:14 pm 7567

काठमाडौं : पुरुष कन्डमजस्तै महिलाले प्रयोग गर्ने कन्डमको पनि विकास भएको पनि लामो समय बितिसकेको छ। यसलाइ फेमिडोम भनिन्छ।

जसरी पुरुष कन्डमले अस्थायी साधनको कामसँगै यौनरोगहरू सर्नबाट जोगाउँछ, महिला कन्डमले पनि त्यस्तै काम गर्छ। महिला कन्डम यौनसम्पर्क गर्नुअघि महिलाको योनिमा लगाइन्छ। सामान्य पुरुष कन्डमको तुलनामा महँगो हुने भएकाले विकासोन्मुख देशमा भन्दा विकसित देशमा यसको प्रयोगदर बढी छ।

कन्डममा कुनै हार्मोन नहुने हुँदा शरीरमा साइड इफेक्ट नहुने विज्ञहरू बताउँछन्। नेपालमा भी अमोर ब्रान्डमा फेमिडोम उपलब्ध छन्।

विश्व कीर्तिमान

  • नाकबाट सबैभन्दा धेरै कन्डम छिराउने व्यक्ति रेनी स्टक हुन्। उनले तीनवटा कन्डम एकैपटक नाकबाट छिराएर मुखबाट निकालेको विश्व कीर्तिमान छ। यो कीर्तिमान उनले सन् २०१२ मा बनाएका हुन्।

 

  • रूसका कार्लोमाले कन्डम प्रयोग गरी सबैभन्दा अग्लो ठाउँबाट बन्जीजम्प गरेर विश्व कीर्तिमान बनाएका छन्। ३० मिटर अग्लो उक्त बन्जीजम्पका लागि १८ हजार ५ सय कन्डम प्रयोग गरिएको थियो। उक्त कीर्तिमान तोड्न त्यस्तै अर्को जोखिम नमोल्न सर्वसाधरणलाई चेतावनीसमेत दिइएको छ।

 

  • एक मिनेटमा १२ पटकसम्म नाकबाट कन्डम छिराएर मुखबाट निकालेको विश्व कीर्तिमान केभिन गिट्सामको नाममा छ ।
    हालसम्म निर्माण गरिएको सबैभन्दा लामो कन्डमको लम्बाइ २२ दशमलव ९५ मिटर (२ सय ४७ फिट) छ। भारतमा निर्माण भएको उक्त कन्डम १८ नोभेम्बर २०१६ मा कन्डमसम्बन्धी जनचेतना अभिवृद्धिका लागि नमुनाका रूपमा प्रदर्शन गरिएको थियो।

 

  • संसारकै सबैभन्दा सानो कन्डम चीनको जिडीयुआर कम्पनीले निर्माण गरेको छ, जुन शून्य दशमलव ००१४ इन्चको भएको गिनिज वल्र्ड रेकर्ड्सले जनाएको छ। यसअघि उक्त कीर्तिमान जापानमा बनेको कन्डमको नाममा थियो। उक्त जापानी कन्डम शून्य दशमलव ०३८ मिलिमिटरको थियो।

 

  • सन् २०१५ को तथ्यांकअनुसार महिला तथा पुरुष दुवैले प्रयोग गर्ने कन्डम सबैभन्दा बढी खपत गर्ने देश जिम्बावे हो। सन् २०१५ मा जिम्बावेमा १५ करोड ७० लाख थान महिला तथा पुरुष कन्डम वितरण गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.