महिला उद्यमीले दिए नगरपिता गिरीलाई बधाई

| 2022 Jul 11 | 06:06 pm 3037

काठमाडौं, असार २७ः चन्द्रागिरी नगरपालिकामा कार्यालय रहेको सफल महिला उद्यमी सेवा केन्द्रले त्यहाँका नगरप्रमुख घनश्याम गिरीलाई बधाई पत्र दिएको छ ।

सेवा केन्द्रकी अध्यक्ष सम्झना प्रधानको नेतृत्वमा गएको टोलीले नगर प्रमुख गिरीसँग नगरभित्र महिलामाथि हुने गरेको हिंसाका विषयमा ध्यानाकर्षण गराएको थियो ।

केन्द्रकी अध्यक्ष सम्झना प्रधानले नगर भित्रका महिलालाई उद्यामशिलता बनाउनका लागि संस्थाले सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताउँदै महिला अधिकारका विषयमा नगरपालिकासँग होस्टेमा हैसे मिसाउँदै अघि बढ्न चाहेको बताएकी थिइन् ।

नगरप्रमुख घनश्याम गिरीले महिलालाई उद्यमशिल बनाउने र अधिकार दिलाउने अभियानमा नगरपालिकाको सहयोग र समर्थन रहने बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.