महिलाहरुकाे क्षमता विकासका लागि तालिम

रिपोर्ट नेपाल | 2019 Jun 20 | 01:15 pm 3103

  • तिलाचन पाण्डे

गुल्मी, असार ५ जिल्लाको कालीगण्डकी गाउँपालिका महिला तथा बालबालिका शाखाले महिलाहरुको क्षमता बृद्धिका लागि नेतृत्व तथा संस्थागत क्षमता विकास तालिम संचालन गरेको छ ।

कालीगण्डकी गाउँपालिका वडा नम्बर चारका २० जना महिलाहरुका लागि क्षमता बृद्धि र नेतृत्व तथा संस्थागत क्षमता विकासका लागि तालिमको आयोजना गरिएको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

तालिमको उद्घाटन गर्दै कालीगण्डकी गाउँपालिकाकी उपप्रमुख तारा थापाले क्षमता बृद्धि गर्न र स्वंयम नेतृत्व विकासका लागि तालिमले ठुलो भूमिका निर्वाह गर्ने भएकाले तालिमलाई व्यवहारमै परिणत गर्न आग्रह गरेका छन् ।

महिलाको विकास र महिलाहरुलाई आत्म निर्भर बनाउनका लागि गाउँपालिकाले आगामी बजेटमा व्यवस्था गर्ने भन्दै तालिमलाई व्यवहारमै लागु गर्न आग्रह गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.