बारा, माघ १०: फोन मार्फत महिलालाई जिस्काउने र अपशब्द बोल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा देवताल गाउँ पालिका वडा नं २ का २० वर्षीय अखिलेश यादव र भारत बिहार पुर्वी चम्पारण मोतिहारी
जिल्ला घोडासहन थानाका १८ वर्षीय इन्दल यादव रहेका छन् ।
कलैया उमनपा वडा नं १८ स्थित एक जना महिलालाई मोवाईलमा फोन गरी जिस्काउने र पटक पटक अपशब्द प्रयोग गरी धम्की समेत दिएको भनी निवेदन जिल्ला प्रहरी कार्यालय बारामा दिएको उजुरीको आधारमा उक्त सिमहरु सम्बन्धमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई खोजतलास गर्दै जादा बिहीबार कलैया उमनपा वडा नं १ स्थित
हिडडुल गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनीमाथि जिल्ला प्रशासन कार्यालय बाराबाट अभद्र व्यवहार मुद्दामा दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको बुझिएको छ ।