काठमाडौं, चैत ६ः गत फागुन १७ गते धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका १ खोल्सी स्थित सडक खण्डमा सडक मर्मत गर्दै गर्दा माटो फाल्ने क्रममा४० वर्षकी सरस्वती कुमाललाई माटो फाल्ने बकेटले ठक्कर दिई माटोले पुरिई घटनास्थलबाट फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रदेश ३−०१−००३− क ६५६४ नम्बरको जेसीबी चालक सल्यान छत्रेश्वरी गउँपालिका ६ रानागाउँका २२ वर्षीये जिवन भन्ने भिम बहादुर बुढाथोकी रहेका छन् ।
वारदात पश्चात फरार रहेकोमा ब्यूरोको विशेष टोलीले खोजतलास गरी शुक्रबार नेपाल भारत सिमा स्थित कन्चनपुरको गड्डा चौकीबाट पक्राउ गर्न सफल भएको प्रहरीले जानकारी दिएको हो ।