महिलालाई कुटपिट गर्ने सशस्त्र प्रहरीलाई कारबाही गर्न मन्त्रीको निर्देशन

रिपोर्ट नेपाल | 2018 Nov 23 | 05:59 pm 2681

वीरगञ्ज, मङ्सिर ७ : प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगन्जमा महिलाहरूमाथि दुर्व्यवहारमा संलग्न सशस्त्र प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरीका उच्च अधिकारीलाई टेलिफोन गरी उनले महिलाहरुमाथि दुर्व्यवहार गर्नु अराजक र अनुशासनहीन व्यवहार भएको भन्दै तत्काल कारबाही गरेर प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरीका केही जवानले बिहीबार साँझ वीरगन्ज–रक्सौल नाकामा अवैध ढंगले मालसमान ओसारपसार गरेको अभियोगमा केही महिलाहरूलाई लछारपछार गर्नुका साथै निर्मम कुटपिट गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.