महिलाको गस्तीले टोलमा छायो शान्ति

रिपोर्ट नेपाल | 2018 Jun 22 | 08:50 am 3709

मकवानपुर असार ८ : समाजमा भएको विकृति र विसंगतिलाई अन्त गर्न हेटौंडाका महिलाको सकृयतामा महिलाले रात्री गस्ती गर्न थालेका छन । हेटौंडा उपमहानगरपालिका ८ कमानेका महिलाले गस्ती गर्न थालेपछि समाजमा परिवर्तनको आवास गरिएको स्थानीयले बताएका छन् ।

समाजमा लागू औषध ,मदिरा र अन्य विकृति बढेको गुनासो बढ्न थालेपछि महिला गस्तीमा निस्कन बाध्य भएका हुन् ।टोल सुधार महिला जागरण समिति बनाएर संस्थागत रूपमा गस्ती गर्न थालेका महिलाको जिल्ला स्थित सुरक्षा अधिकारीले प्रशंसा गरेकाछन् ।

झण्डै ८० जनाएको समुहमा महिलाको गस्ती हुन थालेपछि सडकमा बसेर मदिरा पिउने, हो( हल्ला गर्ने र मादक पदार्थ सेवन गरेर यातायात चलाउनेको संख्या हवात्तै घटेको छ।साँझ ८ वजे देखि होटल भट्टी बन्द गराउने काम पनि महिलाले गर्दै आएका छन् ।

महिला जागरणकी अध्यक्ष सीता तामाङले धेरै सहियो अति भएपछि बाध्य भएर संस्थागत गस्ती शुरू गरिएको बताउँछिन् ।आफ्नो टोल आफै बनाउ भन्ने नाराका साथ गस्तीमा उत्रिएका महिलाको शाहसिक कामले घरेलु हिंसा समेत घटेको छ ।

कमाने,सिर्जना र ओमनगरका महिलाले रातभर लठ्ठी लिएर गस्ती गर्न शुरू गरेपछि हो हल्ला समाप्त भएको र प्रहरीलाई पनि आनन्द भएको स्थानीय धुर्व तामाङले रिपोर्ट नेपाललाई बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.