काठमाडौं मंसिर १६ : नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा सुरु भएको छ। पार्टी महासचिव विष्णु पौडेलको आज ६२ औं जन्मदिन परेकाले उनलाई शुभकामना दिएर बैठक सुरु भएको छ।
अर्थमन्त्रीसमेत रहेका पौडेलको जन्मदिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मनाइएको हो। पौडेललाई जन्मदिनको शुभकामना दिँदै केक काटिएको हो। पौडेललाई सबैभन्दा पहिले ओलीले केक खुवाएका थिए, त्यसपछि कार्यकारी अध्यक्ष दाहाले केक खुवाउँदै शुभकामना दिएका थिए ।
केही महिनायता चरम आन्तरिक विवादमा फसेको नेकपाको आजको सचिवालय बैठकमा दुई अध्यक्षले यसअघि प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ। यसअघि बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनेर तय गरिए पनि प्राविधिक समस्या भन्दै बैठक बालुवाटारमा बसेको हो।
आरोपसहितको राजनीतिक प्रतिवेदन फिर्ता लिने की छलफल गर्ने भन्ने विषयमा नेकपा भित्र बहस चले पनि दुबै अध्यक्ष आफ्नो प्रतिवेदन फिर्ता नलिने अडानमा छन्।