महानिरीक्षक खनालको टाँडीमा विशेष निर्देशन

रिपोर्ट नेपाल | 2018 Aug 10 | 07:11 am 1647

चितवन, साउन २५: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार इलाका प्रहरी कार्यालय, चितवन टाँडीमा प्रहरी कर्मचारीलार्इ विशेष निर्देशन दिंदै गुण्डागर्दी नियन्त्रण र भ्रष्ट्राचारमा शून्य सहनशिलताका लागि कसैसँग सम्झौता नगरी निडरताका साथ अघि बढ्न समेत बताएका छन्।

खनालले अर्न्तात्माको विकास नगरेसम्म समाजको विकास हुन नसक्ने भन्दै प्रहरीलार्इ आफू सुध्रिएपछि मात्र समाज सुध्रिने भएकोले आचरणमा आमुल परिवर्तन गर्न निर्देशन दिएका हुन्।

सेवाग्राहीसँगको व्यवहार नम्र, मुस्कानसहितको सेवा र नागरिकमैत्री व्यवहार गर्नसमेत प्रहरी कर्मचारीलार्इ उनले निर्देशन दिएका हुन्। व्यक्तिगत अनुशासनविना अपराधिक अनुशासन कायम गर्न नसकिने हुँदा प्रहरीले आफ्नो अनुशासन र सरसफार्इमा विशेष ध्यान दिन समेत बताएका थिए।

समाजमा भएको विकृती र विसंगतीलार्इ अन्त्य गर्नका लागि जनताले प्रहरीसँग आशा र भरोसा गरेकाले इमान्दार भएर कर्तव्यमा लाग्‍न विशेष निर्देशन दिएका थिए।

महानिरीक्षक खनालले महिला तथा बालबालिका सम्बन्धी हुने जघन्य अपराधमा कानुनी कठोरता लिन निर्देशन दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.