महानायक राजेश हमाल बने २ करोडको जग्गा दाता

| 2019 Feb 26 | 01:11 pm 2486

काठमाडौं, फागुन १४ : अहिले नेपालमा विभिन्न व्यक्तिहरुले विभिन्न किसिमका व्यक्तिहरुलाई सहयोग तथा रकम दान गर्ने गरेको हामीले देख्दै सुन्दै आएका छौं ।

यसै क्रममा नेपालका महानायक तथा कलाकार राजेश हमालले ६० वर्षअघिदेखि नवलपरासीस्थित आफनो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका छन् ।

देवचुली नगरपालिका २ स्थित आफ्नो पुख्यौली थलोमा रहेका अति विपन्न परिवारलाई घरबासको लागि चार परिवारलाई आफनो नाममा रहेको जग्गा मालापेत कार्यालयवाट निशुल्क पास गरिदिएका छन् ।

हमालले आफ्नो हजुरआमाको समय देखि फलाम, कृषि तथा घरको काममा सहयोग गर्नेहरुलाई जग्गा प्रदान गरेका हुन् । भाई राकेश हमाल र सहयोगी सहित पुगेका हमालले तुल्सी कमिनीलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको वडाध्यक्ष माधव केसीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.