महानगर प्रहरीमा जात्रा

| 2021 Apr 14 | 02:36 pm 3993

काठमाडौं, बैशाख १ः प्रधानमन्त्री केपी शर्मा ओलीको नातामा साला पर्ने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले हाँकेको महानगर प्रहरी भित्रको जात्राको कहानी हास्यास्पद भएको छ ।

महानगरको सुरक्षाका लागि राखिएका नगर प्रहरी भित्रको हालै भएको बढुवालाई हेर्ने हो भने गाइजात्रे तरिकारले बढुवा गरिएको छ ।

महानगर प्रशासनले हालै गरेको एक तह बढुवाले महानगर प्रहरीमा जवान बिनाको संगठन भएको छ । नगर प्रहरीलाई नगर प्रहरी बल बनाउने भन्दै एक तह बढुवा गर्दा योग्यता बिनाका पाँच डिएसपीलाई एसपीमा बढुवा गरेर जात्रा देखाइएको छ ।

महानगरमा कार्यरत १ सय ८२ जना प्रहरीबाट एक महिनाको तलब घुस लिएर एक तह बढुवा गरेपछि अहिले काठमाडौं नगर प्रहरी जवान बिनाको प्रहरी भएको छ । हवल्दारबाट एसपीसम्म बढुवा हुँदा अहिले महानगरमा जगत हसाउँने काम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.