काठमाडौं, पुस १० : महानगरीय प्रहरी वृत महाराजगञ्जले ‘समुदाय प्रहरी’ कार्यक्रम अन्तर्गत जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । विभिन्न क्याम्पस र विद्यालयमा अध्ययनरत किरोशा अवस्थाका विद्यार्थीहरुलाई लक्षित गर्दै सो कार्यक्रम सञ्चालन गरिएको महानगरीय प्रहरी वृत महाराजगञ्जका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक फरिन्द्र प्रसाईले बताए ।
प्रहरी नायब उपरीक्षक प्रसाईले भने, ‘वर्तमान अवस्थामा कलेज र विद्यालय स्तरमा अध्ययन गरिरहेका विद्याथीहरु बढी पीडित हुने र साथै उनीहरु कुलतमा फसेर विभिन्न अपराधिक गतिविधिमा संलग्न हुने घटनाहरु बढीरहेको अवस्थामा समुदाय प्रहरी कार्यक्रम अन्तर्गतको विद्यालय स्तरमा चेतनामूलक कार्यक्रम फलदायी हुने भएकोले महाराजगञ्ज वृतले यो कार्यक्रम आयोजना गरेको हो ।’
उनले थप्दै भने, ‘महानगरीय प्रहरी वृत महाराजगञ्जले समुदाय प्रहरी कार्यक्रम अन्र्तगत २ वटा पालिका स्तरीय समिति, २१ वटा वडा स्तरीय समिति र १०४ वटा विद्यालय समपर्क समिति समेत गठन भईसकेको छ ।’

काठमाडौं महानगरपालिका वडा नं ४ अन्तरगतको सुकेधारा स्थित नवदुगर्था पार्टी प्यालेसको सभाहलमा महानगरीय प्रहरी वृत महाराजगञ्जद्धारा आयोजित सो वृहत जनचेतनामूलक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएका प्रहरी नायव महानिरीक्षक शैलेश थापाले समाजमा शान्ति सुरक्षा, अपराध, जवरजस्ती करणाी, साइबर अपराध र अपराधबाट जोगिन अपनाउँनुपर्ने उपायका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिए ।
प्रहरी नायव महानिरीक्षक थापाले भने, हालको तथ्याङकलाई केलाउँदा ६४ प्रतिशत पीडित १८ वर्ष मुनीका बालबालिका रहेको र ६२ प्रतिशत जवरजस्ती करणीका घटना आफना नजिकका चिनजानबाट हुने गरेका हुदाँ सदैव सजक रहेर बस्न आवश्यक रहेको सुझाव दिए ।
सो कार्यक्रममा प्रोलिफिक मा.वि. धुम्वाराही, द ईनसाईट मा.वि. धुम्बाराही र बाग्मति मा.वि. सुकेधाराका कक्षा १०, ११ र १२ का करिब ७ सय जना विद्यार्थीहरु सहभागी भएका थिए ।