ललितपुर, असाेज १४ः महानगरीय प्रहरी परिसर ललितपुर अन्तर्गत चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई Safety Pin को रुपमा सादा पोशाकमा परिचालित प्रहरी टोलीले सार्वजनिक सवारी साधन तथा सार्वजनिक स्थलहरूमा हुने चोरी, पाकेटमार जस्ता अपराधहरू उपर सुक्ष्म निगरानी समेत गरिरहेको छ ।
जसमा दर्जनौं संकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान समेत गर्ने गरिएको छ । विगतमा झैं यस बर्ष पनि चाडपर्वको समयमा यस्ता खालका अपराधहरू बढ्न सक्ने कुरालाई मध्यनजर राख्दै यस कार्यालयबाट विशेष सुरक्षा योजना बनाई टोली परिचालन गरेकाे हाे ।
उक्त Safety Pin अन्तर्गतको टोलीले आज जनालाई सार्वजनिक सवारी भित्र पाकेट मार्दै गरेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अगाडी बढाईएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा न.पा वडा नं ३ बस्ने रोशन गिरी र ललितपुर महालक्ष्मी न.पा वडा नं ४ बस्ने आकृति श्रेष्ठ रहेका छन् ।