महानगरको व्यवसायीलाई आग्रह

| 2022 Dec 11 | 05:14 pm 1813

काठमाडौं, मंसिर २५ः काठमाडौं महानगरपालिका राजस्व विभागले सबै साना ठूला व्यवसायीहरुलाई व्यवसाय दर्ता गर्न सार्वजनिक अपिल गरेको छ ।

बरिष्ठ कलाकार शिवहरी पौडेललाई मुख्य पात्र बनाई निर्माण गरिएको जनचेतना मुलक टेली विज्ञापनमा चिया पसल देखि ठूला व्यवसायीलाई आफ्नो वडामा गएर दर्ता गर्न आग्रह गरिएको छ ।

महानगरको आग्रहलाई बेवास्ता गरी दर्ता नगरे व्यवसायीमाथि भवितव्य कुनै घटना भए सहयोग नहुने जनाइएको छ ।

उक्त टेली विज्ञापनमा शिवहरी पौडेल सँगै सोनिका बास्तोला, दिनेश दुलाल र सम्झना प्रधानले साथ दिएका छन भने उक्त टेली विज्ञापनको निर्देशन कलाकार बिनोद के.सी ले गरेका हुन् ।

भिडियाेकाे विस्तृत विवरणः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.