महानगरकाे गेटमा साना व्यवसायीकाे प्रदर्शन

| 2023 Jul 12 | 01:27 pm 1269

काठमाडौं, असार २७ । काठमाडौं महानगरपालिकाको कमाण्ड सम्हाल्न जनमतबाट आएका बालेन्द्र शाह फुटपाथमा व्यवसाय गरेर बस्ने व्यवसायी माथी आक्रामक रुपले प्रस्तुत हुन थालेपछि साना व्यवसायीहरु गरी खाने बातावरण बनाइदिन भन्दै आन्दोलित भएका छन् । बुधबार साना व्यापारी, व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्दै गरीखाने वातावरण बनाइदिन माग गरेका हुन् ।

पछिल्लो समय मेयर बालेन्द्रको पुटपाथ खाली गराउने अभियान अन्तर्गत महानगरका प्रहरी प्रयोग गरेर ठेलागाडा, साइकल र पुटपाथमा व्यापार गर्नेहरु विरुद्ध निर्मम ढंगले कारवाहीको डण्डा चलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.