दाङ, फागुन १३: निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएका बताएका छन्।
दाङको लमहीमा सोमबार गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले उक्त कुरा बताएका हुन्।
महराले भने मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो।
उनले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए । विगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने बताए।
नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो, उनले भने, त्यसका लागि म सधै लडिरहनेछु।
उनलाई दाङका विभिन्न स्थानमा भव्य स्वागत गरिएको थियो।