महराविरुद्धको मुद्दामा थुनछेक बहस शुरु

रिपोर्ट नेपाल | 2019 Nov 01 | 12:31 pm 1542

काठमाडौं, कात्तिक १५: संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा थुनछेक बहस शुरु भएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा महराविरुद्धको मुद्दामा थुनछेक बहस शुरु भएको हो ।

अदालतमा महरालाई उपस्थित गराएर न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासमा बहस शुरु गरिएको छ ।

असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाडौंले बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.