महरालाई म्याद थपका लागि अदालत पेश गरिँदै

| 2019 Oct 20 | 12:54 pm 1749

काठमाडौं, कात्तिक ३: निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि फेरि जिल्ला अदालत काठमाडौंमा पेश गरिने भएको छ ।

यस अघि थपिएको समयमा अनुसन्धान पूरा नभएपछि महरालाई आइतबार दिउँसो अदालत पेश गरिने बुझिएको छ ।

अनुसन्धानका लागि भन्दै यसअघि तीन दिनको म्याद थपेको थियो । तर, अनुसन्धान पूरा गर्न प्रहरीले सकिरहेको छैन ।

अघिल्लो तीन दिनको म्याद थप भए पनि महराले बयान दिन नमानेपछि प्रहरीले अनुसन्धान पूरा गर्न सकेन । म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याउने प्रहरी अधिकारीहरुले जानकारी दिए ।

कानुनी प्रावधान अनुसार जबरजस्तीकरणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.