महन्थ ठाकुर जनता समाजवादी पार्टीको अध्यक्षबाट हटाईए

| 2021 Aug 09 | 05:44 pm 2613

काठमाडौँ साउन २५: जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर अन्तत त्यो पार्टीबाट बाहिरिएका छन्। उपेन्द्र यादवको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय कार्यकरिणी परिषद्को नामावली निर्वाचन आयोगमा दर्ता भए पछि अब जनता समाजवादी पार्टीको अध्यक्षबाट महन्थ ठाकुरको नाम हटेको छ‍।

निर्वाचन आयोगमा आफ्नो पक्षमा उभिएका ३४ र रेशम चौधरीसहित ३५ जनाको नाम यादवले निर्वाचन आयोगमा पठाएका थिए।

साउन १२ गते बसेको जनता समाजवादी पार्टीको बैठकले उपेन्द्र यादवको नेतृत्वमा ३५ जनाको नाम केन्द्रीय कार्यकारिणी परिषद्का रुपमा निर्वाचन आयोगमा पठाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.