कञ्चनपुर, असार ३०ः जिल्लाको महाकाली नगरपालिका र भिमदत्त नगरपालिका जोड्ने झोलुंगे पुल स्थानीयद्वारा बन्द गरेको छ ।
भीमदत्त नगरपालिका वडा नं १३ का स्थानीयले महाकालीपारि साबिक दोधारा चादनीबाट मल ल्याउन नदिएपछि झोलुंगे पुल बन्द गरेका हुन् ।
नेपालबाट मल नआउने र भारतबाट चोरी छिपी ल्याएको मल पनि प्रहरीले रोक्न थालेपछि झोलुंगे पुल बन्द गरेको स्थानीयको भनाइ छ ।
भारतबाट मल ल्याउँदा प्रहरी प्रशासन मौन बस्ने र अहिले भारतबाट नेपालसम्म पुगेको मल स्थानीयले खेतको लागि ल्याउन खोज्दा रोकेपछि आक्रोशित स्थानीयले पुल बन्द गरेका हुन् ।