मलेसियामा माेटरसाइकल दुर्घटना हुँदा दुई नेपालीकाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Jul 14 | 11:06 am 2017

काठमाडौं, असार २९:  सवारी दुर्घटनामा परेर मलेसियामा दुई जना नेपाली युवकको मृत्यु भएको छ।

मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा शुक्रबार दुर्घटना हुँदा कञ्चनपुर र नुवाकोट घर भएका दुई युवकको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्ट र नुवाकोटका शिव दाहाल रहेको जनाइएको छ ।

भट्ट आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेकाे बुझिएकाे छ । उनीसँगै माेटरसाइकलमा जाँदा दाहालको समेत मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.