मलेसियामा एक नेपालीको मृत्यु

रिपोर्ट नेपाल | 2019 Nov 08 | 08:45 am 1711

काठमाडौं, कात्तिक २२: मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत एक नेपाली ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादव रहेको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

उनको अचानक बेहोस भएर मृत्यु भएको भनिए पनि के कारणले कसरी मृत्यु भयो भन्नेबारे यकिन हुन नसकेको यादवको पारिवारिक स्रोतले जनाए ।

यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरेका छन् । दुई वर्षअगाडि यादव रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.