मलंगवामा दुई युवतीमाथि सामूहिक बलात्कार

| 2023 Sep 30 | 09:22 pm 2565

– सरोज यादव

सर्लाही, असोज १३ ।   मलंगवामा दुई युवतीलाई सामूहिक बलात्कृत गरेको आरोपमा दुई जना पक्राउ परेका छन् |

पक्राउ पर्नेहरुमा धनुषा घर भई हाल मलंगवामा बस्दै आइरहेका दुई जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ |

मलंगवामा रहेको श्री सन्त अल्प माई राम नारायण नर्सिङ कलेजमा अध्यनरत दुई जना छात्राले आफू माथि ति पुरुषहरुले आफ्नो कोठामा पार्टी गरेर मदिरा खुवाई लट्ठ पारि जबरजस्ती करणी गर्ने प्रयास गरेको जाहेरीमा उल्लेख गरेका छन् |

बलात्कार आरोपमा धनुषा जिल्ला सहिद नगरपालिका–४ मौरिया टोलका अनिकितकुमार यादव र पर्सा जिल्ला पटेर्वा सुगौलीका सुजित चौधरीलाई नियन्त्रणमा लिइएको हो |

छात्राहरुले तीन जनाको नाममा किटानी जाहेरी दिएकोमा दुई जना मात्र पक्राउ गरेको र अर्का एक जना फरार रहेका छन् |

बलात्कारका आरोपीहरु पनि सोही कलेजमा अध्यनरत रहेको  बुझिएको छ | पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गराई  अनुसन्धान प्रक्रिया अगाडी बढाइसकेको प्रवक्ता दिपेन्द्र पंजियारले जनाएका छन् |

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.