मर्स्याङ्दी उर्लिएपछि स्थानीयवासी अनिदो

रिपोर्ट नेपाल | 2018 Aug 13 | 07:38 pm 3472

लमजुङ, साउन २८ : अविरल वर्षाका कारण मर्स्याङ्दी नदीको बहाब बढेसँगै स्थानीयवासीहरु त्रसित बनेका छन् । मर्स्याङ्दी नदी आएको बाढीले गर्दा किनारा वरपर बस्ने स्थानीयवासीहरु निदाँउन सकेका छैनन् ।

बाढीका कारण तल्लो क्षेत्रको तनहुँमा खासै समस्या नभएपनि माथिल्लो क्षेत्रको मनाङ र लमजुङमा जोखिम बढेपछि मनाङको नासों गाउँपालिका–१ तालगाउँका स्थानीयवासी अनिदो बस्नु परेको हो । त्यहाँका स्थानीयवासीहरु तालगाउँ माथिका सिरानताल, खोत्रो, बगरछाप, धारापानी र चामे लगायतका गाउँ मस्र्याङदीको बाढीबाट बढी जोखिममा परेका हुन् ।

‘अहिले तालगाउँका स्थानीयवासीहरु अविरल बर्षाका कारण निदाँउन सकेका छैनन् ।’ बुधराज गुरुङ भन्छन् -‘कुन बेला के हुन्छ यस्तो अवस्थामा कसरी सुत्न सकिन्छ ।’ घरछेवैको ग्याबिन पर्खाल तिर देखाउँदै भन्छन्, ‘हेर्नुहोस् भर्खरै बाढीले ग्याबिन पर्खाल नाघेसर गइसकेको छ अलिकतिमात्रै बाढीको बहाब बढ्यो भनेपनि बस्ती तहसनहस हुने खतरा छ ।’

रातको समय खोला बढ्ने डरले माथिल्ला क्षेत्रका स्थानीयसंग खोला बढेनबढेकोबारे जानकारी लिने गरिएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.